शनिबार, असार ६, २०८३

यी हुन् सल्यान बस दुर्घटनाका २२ घाइते

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या २२ पुगेको छ। बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको बागचौर नगरपालिका-२ ठिङबाङ खोला पुलबाट बस खोलामा खसेको थियो।

National life

दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको थियो। दुर्घटनमा परी घाइते हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ का ४६ वर्षीय (गाडी धनी) विष्णु विक, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, दाङ तुलसीपुर उ.म.पा १० बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, दाङ नारायणपु नगरपालिका १० की ३६ वर्षीया दिल कुमारी गौतम , दाङ रक्षाचौरकी २६ वर्षीया खिमा विक.,तुलसीपुर उ.म.न.पा ६ का ३४ वर्र्षीय बस चालक पूर्ण शम्शेर जबरा, तुलसीपुर उ.म.न.पा ७ पर्सेनीकी ४९ वर्षीया ठगि बुढा, ४७ वर्षीया मुम्भ कुमारी बुढा, रुकुम चौरजहारी नगरपालिका २की २२ वर्षीया पुष्पा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै सल्यान शारदा नगरपालिका ५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका १५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ को ६ वर्षीय रेशम मगर, रुकुम चौरजहारी नगरपालिका ९ का २९ वर्षीय उमेश मल्ल रहेका छन्।

त्यस्तै, रुकुम सिस्ने गाउँपालिका ६ की ११ वर्षीया अरुणा गौतम, रुकुम बाफीकोट गाउँपालिका १ का १४ वर्षीय निश्चल हमाल, सल्यान बागचौर नगरपालिका २ की ललिता बस्नेत, शोही ठाउँका २५ वर्षीय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ३१ वर्षीय विरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका १ का १७ वर्षीय विर बहादुर बस्नेत, त्रिवेणी गाउँपालिका ६ का ३३ वर्षीय बसन्त जंग क्षेत्री र रोप्ला रन्टीगढी गाउँपालिका ५ का २५ वर्षीय रञ्जित विक रहेका छन्।

दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बाँकी मध्यम र सामान्य घाइतेको बागचौरस्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ।

Shivam cement

प्रकाशित: Apr 17, 2024| 14:47 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्