शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्ष ओली भन्छन्- सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन

एमाले अध्यक्ष ओली भन्छन्- सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

झापा- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताएका छन्।

National life

झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा देशभक्त राजनीतिक शक्तिहरुको समीकरण बनेको हुँदा यसलाई टिकाएर लैजान आफ्नो पार्टी प्रतिबद्धता रहेको बताए।

‘हामीले पुरानो गठबन्धन भत्काउनै पर्थ्यो भत्कायौँ’, अध्यक्ष ओलीले भने, ‘नयाँ समीकरण बनाउनै पर्थ्यो, बनायौँ। धेरैले अर्थ मन्त्रालय छाडिदियो, गृह मन्त्रालय पनि छाडिदियो भने। कुन मन्त्रालय लियो र कुन लिएन भन्ने महत्वको विषय होइन, हाम्रो सरकार छ भन्ने कुरा महत्वपूर्ण हो। अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो।’

उनले देशभक्तहरुको समीकरण भत्काउनका लागि विभिन्न शक्तिहरुले निरन्तर षड्यन्त्र गरिरहेको दावी गरे। लामो राजनीतिक अनुभव र जिम्मेवार अभिभावक शक्तिको कारण एमालेले अहिलेको सत्ता समीकरणलाई देश र जनताको हितमा अघि बढाउने उनको भनाइ छ।  

उनले अहिलेको सत्ता समीकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहसिक निर्णय लिएको बताए। एमालेले घोषणा गरेको ‘मिसन–८४’ राजनीतिक सुझबुझपूर्ण गन्तव्य भएको जनाउँदै उनले देश र जनताको हितका लागि पार्टीले चुनावमा विजय हासिल गर्न जरुरी भएको धारणासमेत व्यक्त गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 16, 2024| 20:39 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्