बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • एकै पार्टीका दुईजनाले दाबी गरेपछि सुदूरपश्चिममा फेरि सरकार गठनको आह्वान

एकै पार्टीका दुईजनाले दाबी गरेपछि सुदूरपश्चिममा फेरि सरकार गठनको आह्वान

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न फेरि समय दिएका छन्। यसअघि मुख्यमन्त्रीमा दुई जना सांसदले दाबी पेस गरेका थिए।

triton college

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले फरक-फरक गठबन्धनबाट दाबी पेस गरे पनि दुवै दाबीमा निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार फेरि समय दिएका हुन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि स्पष्ट दाबीसहित वैशाख ६ गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।

नाउपा सांसद लक्ष्मणकिशोरलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी) ले मंगलबार फिर्ता लिएको थियो। एकीकृत समाजवादीका सुदूरपश्चिम संसदीय दल नेता दीर्घ सोडारीले आफैँ मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।  

मंगलबार धनगढीमा बसेको नेकपा (एमाले), माओवादी, नागरिक उन्मुक्तिको एक पक्षसहितको बैठकले मुख्यमन्त्रीका लागि सोडारीलाई समर्थन गर्ने निर्णय गरेको थियो। साथै बालुवाटारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीबीच छलफल भएको थियो।
बालुवाटार छलफलमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति जुटेको खनालले बताएका थिए।

corrent noodles
Metro Mart

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गत चैत २२ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। गत आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए। कैलाश नागरिक उन्मुक्तिभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन्। 

प्रकाशित: Apr 16, 2024| 18:16 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्