बुधबार, भदौ १०, २०८३

नेकपा एसमा एक लाख २० हजार सदस्य थपिए

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन्।

सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए। साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ।

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने १०औँ राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको छ। महाधिवेशनलाई सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन्।

पार्टीको राजनीतिक दस्तावेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाइएको सचिव श्रेष्ठले बताए।

प्रकाशित: Apr 16, 2024| 17:01 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्