आइतबार, असार ७, २०८३

मधेश प्रदेशको संसद्‍मा जनमत पार्टीको नाराबाजी

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१
National life
Shivam cement

काठमाडौं- मधेश प्रदेश सभाको बैठकमा जनमत पार्टीका सांसदले नाराबाजी गरेका छन्। नाराबाजीपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका छन्।

आजको बैठक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको थियो। सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीले बैठक अवरोध गरेपछि विश्वासको मत लिने प्रक्रिया अघि बढ्न सकेन।

गत माघ ८ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा क्याबिनेट मन्त्रीसहित सांसदमाथि भएको घटना छानबिन हुनुपर्ने माग जनमतले राखेको छ। सो कार्यक्रममा भएको झडपमा महेश यादवलगायत तीन सांसद प्रहरीको बल प्रयोगबाट घाइते भएका थिए।
 

प्रकाशित: Apr 16, 2024| 14:41 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्