आइतबार, फागुन १७, २०८२

जर्जियाको संसद्‍मा मुक्का हानाहान

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

जर्जियाको संसद्‍मा सांसदहरूबीच मुक्का हानाहान भएको छ।  सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक संसद्‍मा पेश गरिरहँदा विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का प्रहार गरेका हुन्।

सीएनएनका अनुसार मडिनाराड्जे ‘विदेशी एजेन्ट’लाई नियमन गर्ने विधेयक रोष्ट्रममा प्रस्तुत गर्दै थिए। त्यहीबेला दौडिँदै आएका प्रतिपक्षी दलका नेता एलिसाश्विलीले उनीमाथि मुक्का प्रहार गरेका थिए।

त्यसपछि त्यहाँ हानाहानको स्थिति बनेको भिडियो बाहिरिएको छ। उक्त विधेयकमा विदेशबाट ‘फण्ड’ लिने संस्थाहरूले विदेशी एजेन्टको रूपमा दर्ता गराउनुपर्ने नभए जरिवाना तिर्नुपर्ने भनिएको छ। यस विधेयकलाई जर्जियामा रूसी विधेयक भनेर आलोचना समेत गरिएको छ। पाँच हजारभन्‍दा बढी प्रदर्शनकारीले जर्जियाको संसद् भवन अगाडि प्रदर्शन गरेका थिए।

मुक्का प्रहार गरेको घटनापछि बाहिर प्रदर्शन गरिरहेकाहरूले पनि समर्थन गरेका थिए।

प्रकाशित: Apr 16, 2024| 13:36 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्