सोमबार, चैत ३०, २०८२

डोल्पाको खेल मैदानमा भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्दा दर्ता

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

National life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले आचार्यका साधै सामाजिक विकास कार्यालयका सव–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्ड हल तथा खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेश शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दर्ता गरेको छ।

उनीहरूले डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ३ दुनैमा खेलकुद मैदान निर्माणमा कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारले दाबी गरेको छ। निर्माणको काम लागत अनुमान र सम्झौताभन्दा कम गरी ९ लाख ९३ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको भनाइ छ।

अख्तियारले पाँचै जनालाई ९ लाख ९३ हजार रुपैयाँ बराबरको बिगो कायम गरी असुलउपर गर्नुपर्ने जनाएको छ।

kumari

प्रकाशित: Apr 16, 2024| 12:48 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्