मंगलबार, वैशाख १८, २०८१

आईपीएलमा हैदराबादले हरायो बेंग्लोरलाई

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- भारतमा जारी आईपीएलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ।

triton college

खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो। २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो।

बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ८३ रन बनाए।  फाप डु प्लेसिसले ६२, विराट कोहलीले ४२, अनुज रावतले २५ र महिपाल लोमरोरले १९ रन बनाए।

हैदराबादका प्याट कमिन्सले तीन, म्यांक मार्कान्डेले २ र टि-नटराजनले एक विकेट लिए।

सुरुमा ब्याटिङ गरेको हैदराबादले २८७ रनको विशाल योगफल बनाएको थियो। ट्रविस हेडको शतक र छक्काको वर्षासँगै हैदराबादले आईपीएल इतिहासकै कीर्तिमानी लक्ष्य दिएको थियो।

corrent noodles
Metro Mart

चिन्नास्वामी स्टेडियम बेंग्लोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो।

यो जितसँगै हैदराबाद चौथो स्थानमा उक्लिएको छ भने बेंग्लोर अन्तिम १० स्थानमा छ।

प्रकाशित: Apr 16, 2024| 06:37 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्