शनिबार, पुस १२, २०८२

कोशी प्रदेशमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले सोमबार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन्। प्रदेश सभामा दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन्।

उनलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराइएको हो। प्रस्तावको प्रस्तावक एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी छन् भने समर्थकमा एमाले सांसद किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेती छन्। प्रस्तावमा मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा वैकल्पिक सरकार बनाउने कुरा पनि प्रस्तावमा उल्लेख गरिएको छ। कोशीमा किचलो सुरु भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले यही बैशाख ६ गते विशेष अधिवेशन आह्वान गरिसकेका छन्।

प्रकाशित: Apr 15, 2024| 19:32 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्