शनिबार, पुस १२, २०८२

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- नेपाल एसिसी पुरुष प्रिमियर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। 

National life

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङ्कङलाई आठ विकेटले पराजित गरेपछि समूह चरणको एक खेल अगावै समूह ‘ए’बाट सेमिफाइनमा पुगेको हो। 

प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।  

जितका लागि हङकङले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा तीन छक्का र तीन चौका प्रहार गरे। त्यसैगरी कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्काको मद्धतले ३२ रन जोडे। 

 कप्तान रोहित पौडेलले २० बलमा तीन चौकाको मद्धतमा अविजित २५ रन जोडे भने सन्दीप जोराले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा अविजित १९ रन बनाए। 
हङकङका इसान खान र यासिम मुरर्ताजले समान एक/एक विकेट लिए। 

Laxmi sunrise bank
kumari

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउदै एक सय १४ रनको योगफल बनाएको थियो। हङकङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए। उनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरे।

त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए। त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

बलिङतर्फ नेपालका अभिनास बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र  दीपेन्द्रसिह ऐरीले समान दुई/दुई विकेट लिए। त्यस्तै करण केसीले एक विकेट झारे। नेपालले समूह चरणको अन्तिम खेल यही वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ। 

प्रकाशित: Apr 15, 2024| 15:53 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्