आइतबार, असार ७, २०८३

नेपालले पायो ११५ रनको चुनौती

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१
National life
Shivam cement

काठमाडौं- एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ।   
    
ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित १७ दशलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको योगफल बनायो। हङ्कङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए। उनले २६ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रन बनाएका हुन्। 
    
त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए। त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 
    
बलिङतर्फ नेपालका अभिनाश बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए। त्यस्तै करण केसीले एक विकेट झारे। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ। आजको खेलमा हङ्कङलाई हराउनसके नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ। 

प्रकाशित: Apr 15, 2024| 15:08 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्