सोमबार, चैत ३०, २०८२

आईपीएलमा चेन्नईसँग मुम्बई पराजित

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले चौथो जित निकालेको छ। आइतबार राति भएको खेलमा चेन्नईसँग मुम्बई इन्डियन्स आफ्नै मैदानमा २० रनले पराजित भएको हो। 

National life

जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा रहन सफल भयो। उसको ८ अंक रहेको छ। वाङखडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो। उसका लागि ऋतुराज गायकवाडले ४० बलमा ६९ रन बनाउँदा शिवम् दुवे ३८ बलमा ६६ रनमा अविजित रहे।

चेन्नईका लागि अन्तिम ४ बल खेलेका महेन्द्रसिंह धोनीले ३ छक्कासहित २० रन बनाएर अविजित फर्किए। धोनीको त्यही विष्फोटक इनिङ मुम्बईलाई हराउन निर्णायक बन्यो।

२ सय ७ रनको लक्ष्य लिएर मैदान उत्रिएको मुम्बईका लागि ओपनर रोहित शर्माले १ सय ५ रनको शानदार अविजित शतकीय इनिङ खेलेपनि टिमको हार टार्न पर्याप्त भएन। मुम्बई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रनमा समेटियो।

मुम्बईका लागि थप दोहोरो स्कोरका रूपमा इशान किशनले २३ रन बनाउँदा तिलक वर्माले ३१ तथा टिम डेभिडले १३ रन बनाएका थिए। चेन्नईका लागि गेम चेन्जर बनेका मथिसा पथिरानाले ४ विकेट लिएका थिए। आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्दै छन्।

kumari

प्रकाशित: Apr 15, 2024| 07:36 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्