बुधबार, भदौ १०, २०८३

आईपीएलमा कोलकाताले लखनउलाई हरायो 

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबारको पहिलो खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई ८ विकेटले हराएको छ। जारी आईपीएलमा कोलकाताको यो चौथो जित हो। 

हालसम्म पाँच खेल खेलेको कोलकाताले एक खेलमा भने हार ब्यहोरेको छ। कोलकाता ८ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ। छैटौँ खेल खेलेको लखनउको भने यो तेस्रो हार हो। तीन खेलमा लखनउ विजयी भएको छ। लखनउले हालसम्मको खेलबाट ६ अंक जोडेको छ।

कोलकातास्थित ईडेन गार्डेन्स रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले भने १५.४ ओभरमै केवल दुई  विकेट गुमाएर एक सय ६२ रन बनाउँदै पुरा गर्‍यो। 

प्रकाशित: Apr 14, 2024| 19:36 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्