बिहीबार, वैशाख २०, २०८१

'इलम इलाम' अवधारणासहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

काठमाडौं- इलाम-२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ वटा मुद्दा अगाडि सारेका छन्। यही वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणसहित ८ वटा मुद्दा अगाडि सारेका हुन्।

triton college

उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन्।

यस्तै इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटइजेसन २.० र प्रबुद्ध कार्यान्वयन समूह उम्मेदवार खड्काको मुद्दा बनेको छ।

उम्मेवार खड्काले ‘इलम इलाम’ अवधारणाले इलाम- २ बासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभूत आत्मसात गरेको बताएका छन्। आइतबार इलाम बजारमा साँझ ६ बजे पत्रकार सम्मेलन गरेर खड्काले आफ्नो अवधारणा सार्वजनिक गर्दैछन्।

प्रकाशित: Apr 14, 2024| 17:26 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्