आइतबार, असार ७, २०८३

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकै पार्टीका दुई नेताको दाबी पेस

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१
National life
Shivam cement

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को कैलाश चौधरी पक्षले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ। कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन्।

चौधरीले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। यसअघि कांग्रेससहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

कैलाश पक्षधरले एकीकृत समाजवादीको समेत समर्थन रहेको बताएको छ। दोहोरो दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल गरेर निर्णय गर्ने बताइएको छ।

प्रकाशित: Apr 14, 2024| 16:16 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्