आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यक्ष ओली भन्छन्- कांग्रेस आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको छ

अध्यक्ष ओली भन्छन्- कांग्रेस आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको छ

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआइ संयमित ढङ्गले विधिअनुरुप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले कांग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिएका हुन्।

National life

अध्यक्ष ओलीले भने, ‘कांग्रेसले आक्रोस र पीडाले जे पायो त्यही बोलिरहेको छ। यसो गर्नु हुन्न। संसदीय शासन प्रणालीलाई प्रणालीकारुपमा रक्षा गर्नुपर्छ, यसको मूल्य र मान्यतालाई  संरक्षण गर्दै अघि बढ्ने कुरा गर्नुपर्छ।’

सदन अघि बढाउने, चल्ने र चलाउने विषयमा आफ्नै खाले मर्यादा र सीमा  रहेको बताउँदै एमाले संसदीय दलका नेता ओलीले पुराना अनुभवका आधारमा कमी कमजोरीलाई सच्याएर जानुपर्ने आवश्यकता औँल्याएका छन्।
 
अध्यक्ष ओलीले भने, ‘पहिलेको सरकारको विधेयक पारित गर्न ध्यान नै थिएन, अहिलेको सरकार भरखर आएको छ। कांग्रेस तर्कमा आउँदैन। उहाँहरु ढिपी र जिद्धीमा जानुहुन्छ। त्यो तरिका सच्याउनुपर्छ।’

सरकारले अवरुद्ध सदनलाई सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गरिरहेको सुनाउँदै उनले बजेट र विधेयक तयारी, प्रस्तुति र छलफलको कार्यभार भएकाले अवरुद्ध सदनमै मात्रै अल्झिएर बस्ने कुरा नभएको प्रतिक्रिया दिए।     

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘यतिखेर हिउँदे अधिवेशन बन्द हुनैपर्दथ्यो। १५ दिनको समयावधिपछि बजेट अधिवेशन सुरु हुनुपर्छ। जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यो अघि नीति तथा कार्यक्रम पास गर्नुपर्छ।’ अधिवेशन अन्त्यलाई सामान्यरुपमा लिनुपर्ने र स्वभाविक प्रक्रिया भएको उनले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 14, 2024| 16:00 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्