सोमबार, वैशाख २४, २०८१

आईपीएलमा राजस्थानको पाँचौं जित

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ। शनिवार साँझ मोहालीमा पाहुना टोली राजस्थानका कप्तान सञ्जु सामसनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका थिए।  

triton college

उनका बलरहरूले यसलाई सही साबित गर्दै घरेलु टोली पञ्जाबलाई १४७ रनमा सीमित गरे। जवाफमा पाहुना टोलीले सुस्त शुरूवात गरेको थियो। तर अन्त्यमा सिमरोन हेटमायरको छोटो तर महत्वपूर्ण २७ रनको पारी खेल्दै राजस्थानलाई जित दिलाए।

नियमित कप्तान शिखर धवन बिना नै मैदान उत्रिएको पञ्जाबको ओपनिङ ब्याटिङमा जोनी बेयरस्टो र अथर्व तायडे आएका थिए। दुवै ओपनर १५–१५ रन बनाएर आउट भए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका प्रभसिमरन सिंहले जम्मा १० रनमात्र बनाए। मध्यक्रममा कप्तान साम करणले ६ र जीतेश शर्माले १ चौका र २ छक्काको मद्दतले २९ रन बनाए। तल्लो अर्डरमा शशांक सिंहले ९ रन र लियाम लिभिङस्टोनले २१ रन बनाएर आउट भएका थिए।

१४८ रनको लक्ष्यको जवाफमा रोयल्सका लागि ब्याटिङको ओपनिङका लागि यशस्वी जैसवाल र तनुष कोटियान आए पनि दुवैबीच ८.२ ओभरमा ५६ रनको सुस्त साझेदारी भयो। तनुषले ३१ बलमा २४ रन बनाए। 

यशस्वी जैसवालले पनि राम्रो सुरुवातलाई ठूलो पारीमा परिणत गर्न सकेनन्। जैसवाल २८ बलमा ३९ रन बनाएर आउट भए। सञ्जु सामसनले १८ रन, रियान परागले २३ रन र ध्रुव जुरेलले ८ रन जोडे।

corrent noodles
Metro Mart

पाँचौं जितपछि राजस्थान १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने पराजित भएको पञ्जाब ४ अंकसहित आठौं स्थानमा छ। 

प्रकाशित: Apr 14, 2024| 09:05 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्