बुधबार, भदौ १०, २०८३

अन्तर प्रदेश क्रिकेटको उपाधि गण्डकीलाई

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

भरतपुर- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको उपाधि गण्डकी प्रदेशले जितेको छ। 

गण्डकीले दिएको दुई सय दुई रनको लक्ष्य पछयाएको मधेस प्रदेश १८ दशमलव एक ओभरमा  एक सय ६० रनमै अलआउट भयो। मधेसका लागि पवन सर्राफले ३५, विशाल सुस्लिङले २७ रन बनाए भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

गण्डकीलाई जित दिलाउन अमृत गुरुङले तीन दशमलव एक ओभर बलिङ गर्दै जम्मा छ विकेट लिँदै १८ रन खर्चिए। साथै अङ्कित न्यौपानेले दुई र कमल परियारले एक विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश सन्दीप क्षेत्रीको विष्फोटक ४७ रनको पारीमा आठ विकेटको क्षतिमा दुई सय एक रन बनाएको थियो। करन पङ्गेनीले ४३, दिनेश बुढामगरले ३३ रन बनाए। 

मधेसका लागि विशाल पटेलले तीन, रुपेश सिंह र रञ्जित कुमारले समान दुई-दुई विकेट लिए।

प्रकाशित: Apr 14, 2024| 05:44 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्