बुधबार, भदौ १०, २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आज आइतबार बस्ने भएको छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।

प्रकाशित: Apr 14, 2024| 05:42 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्