बुधबार, भदौ १०, २०८३

नेपालगञ्जबाट शुरू भयो गगनको तेस्रो चरणको संवाद यात्रा

 |  आइतबार, वैशाख २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाँकेको नेपालगञ्जबाट समुदायमा कांग्रेस कार्यक्रमअन्तर्गत तेस्रो चरणको संवाद यात्रा शुरू गरेका छन्।

शनिबार नेपालगञ्जबाट शुरू भएको संवाद यात्रा वैशाख ४ गते कञ्चनपुरमा टुंगिने महामन्त्रीको थापाको सचिवालयले जनाएको छ।

शनिबार नेपालगञ्ज पुगेका थापाले त्यहाँ कांग्रेसका नेता–कार्यकर्तासँग नयाँ वर्षको शुभकामना साटासाट गरेका थिए।  

महामन्त्री थापाले गत चैत १५ मा दोस्रो चरणको संवाद यात्रा शुरू गरेका थिए। नवलपरासीको गौरीगञ्ज चोकमा रहेको कांग्रेस संस्थापक नेता बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर उनले दोस्रो चरणको संवाद यात्रा शुरू गरेका थिए।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरू भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो।

यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने महामन्त्री थापाको योजना रहेको उनले बताएका छन्।

प्रकाशित: Apr 14, 2024| 05:35 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्