शुक्रबार, भदौ ५, २०८३

बैठकको रिपोर्टिङ गर्न देउवा निवास पुगेका पत्रकारलाई 'गेट बन्द'

‘भर्खरै मात्र सुरक्षााकर्मीले हामीलाई तपाईंहरु गेट बाहिर जानुहोस्, आवश्यक परे बोलाउँला भनेका छन्’, बैठक स्थलबाट एक पत्रकारले भने,
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं– कांग्रेसको जारी केन्द्रीय समिति बैठकको रिपोर्टिङ गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठ पुगेका सञ्चारकर्मीलाई अवरोध गरिएको छ।  पार्टी मुख्यालय सानेपामा धर्ना कार्यक्रम भएकाले कांग्रेस सभापति देउवाले आफ्नो निजी निवासमा राखेको बैठकमा पुगेका पत्रकारहरुलाई गेटबाहिर जान भनिएको त्यहाँ उपस्थित पत्रकारहरुले जनाएका छन्। ‘भर्खरै मात्र सुरक्षााकर्मीले हामीलाई तपाईंहरु गेट बाहिर जानुहोस्, आवश्यक परे बोलाउँला भनेका छन्’, बैठक स्थलबाट एक पत्रकारले भने, ‘सुरक्षाकर्मीलाई पनि सोही निर्देशन दिइएको छ, रिपोर्टिङमा अवरोध उत्पन्न भएको छ।’

पार्टी महाधिवेशन लगायत समसामयिक विषयमा छलफल गर्न कांग्रेसले तीन दिनदेखि केन्द्रीय समिति बैठक गरिरहेको छ। हिजोको बैठकमा क्रियाशील सदस्यताका विषयबारे नेताहरुबीच नोकझोक भएको थियो।  


प्रकाशित: Aug 14, 2021| 16:43 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...