आइतबार, पुस १३, २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

 |  शनिबार, वैशाख १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १, २०८१

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ। पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आइतबार बिहानका लागि संसदीय दलको बैठक बोलाएका हुन्। 

National life

बैठक बिहान ८ बजे संघीय संसद् भवनमा बस्नेछ। त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने जनाइएको छ। 

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको अवस्थाबारे छलफल गर्न देउवाले संसदीय दलको बैठक बोलाएका हुन्। कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने माग राखी संसद् अवरोध गरिरहेका बेला सरकारले अधिवेशन नै अन्त्य गरिदिएको छ।

संसद् अधिवेशन आइतबारदेखि नै अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। 

प्रकाशित: Apr 13, 2024| 15:53 शनिबार, वैशाख १, २०८१
प्रतिक्रिया दिनुहोस्