काठमाडौ- एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ। मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ मा ५ विकेटको क्षतिमा पूरा गर्यो।
यसअघि मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाएर १४३ रन बनाएको हो।
मलेसियाका लागि कप्तान विरनदीप सिंहले अविजित ७२ रन बनाए। त्यस्तै सर्विन मुनियान्डीले ४१ र मोहम्मद अमिहरले १६ रन बनाए। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए।