शुक्रबार, वैशाख २१, २०८१

आईपीएलमा मुम्बईको दोस्रो जित

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गरेको छ भने रोयल च्यालेन्जर्स बेंग्लुरुले पाँचौं हार व्यहोरेको छ। 

triton college

बिहीबार राति वांङखडे स्टेडियममा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो। जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ विकेटको जित दर्ता गर्न सफल भयो।

मुम्बईलाई जिताउन इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय पारि खेल्दा रोहित शर्मा, हादिर्क पाण्ड्या र तिलक वर्माको पारि पनि उत्कृष्ट रह्यो। लक्ष्य पछ्याउने क्रममा इशान किशन र रोहित शर्माले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गर्दै बलियो सुरुआत गराए। ८.५ ओभरमा पहिलो विकेटको रुपमा इशान किसन ६९ रन बनाएर आउट भएका थिए। उनले ३४ बलमा ५ छक्का र ७ चौका प्रहार गरे।

टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लुरुको सुरुआत राम्रो भएन। स्टार क्रिकेटर विराट कोहली ३ रन बनाएर आउट हुँदा पहिलो विकेट १४ रनमा गुमेको थियो। त्यसपछि विल ज्याक ८ रन बनाएर आउट भएका थिए। कप्तान फाफ डु प्लेसिस र रजत पटिदार मिलेर बेंग्लुरुको पारि सम्हालेका थिए। 

दोस्रो जितपछि मुम्बई ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने लगातार हार व्यहोरेको बेंग्लुरु २ अंकका साथ नवौं स्थानमा छ।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 12, 2024| 07:40 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्