आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महामन्त्री शर्माले भने- केही समयमै कांग्रेस र एमाले मिलेको खबर आउँछ

कांग्रेस महामन्त्री शर्माले भने- केही समयमै कांग्रेस र एमाले मिलेको खबर आउँछ

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दल र नेकपा (एमाले) मिलेको खबर केही समयमै आउने दाबी गरेका छन्। बिहीबार झापामा पुहाँतु चौधरीको शालिक अनावरण गर्दै शर्माले यस्तो दाबी गरेका हुन्। 

National life

‘यसअघि एमाले र माओवादी केन्द्र मिलेका थिए। त्यसपछि कांग्रेस र माओवादी पनि मिले। को कहिले मिले वा मिलेनन् भन्ने विषय स्थायी होइन। अलिपछि कांग्रेस र एमाले मिलेको खबर पनि आउँछ। कांग्रेस र एमाले मिलेर सरकार बनाउन सक्ने सम्भावनालाई अनौठो मान्नु हुँदैन,’ उनले भने।

आज नै कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल मिल्नुपर्ने बताएका थिए। देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको दाबी उनले गरे। घोराहीमा आयोजित दाङ कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

'मैले देश बचाउनकै लागि संसद्‌मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ। राजनीतिक दलहरुले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिन सक्नुपर्छ,' कोइरालाले भने।

राजनीतिक दलहरुले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाले बताए। नेताहरुले पहिले आफू त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको दुखेसो कोइरालाले पोखे। उनले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिने बताए।

kumari

प्रकाशित: Apr 11, 2024| 19:50 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्