बुधबार, भदौ १०, २०८३

दुई ठुला दल मिलेर देशलाई निकास दिनुपर्छ: कोइराला

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको दाबी गरेका छन्। बिहीबार घोराहीमा आयोजित दाङ कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

'मैले देश बचाउनकै लागि संसद्‌मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ। राजनीतिक दलहरुले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिन सक्नुपर्छ,' कोइरालाले भने।

राजनीतिक दलहरुले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाले बताए। नेताहरुले पहिले आफू त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको दुखेसो कोइरालाले पोखे। उनले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिने बताए।

प्रकाशित: Apr 11, 2024| 18:24 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्