आइतबार, असार ७, २०८३

कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०
National life
Shivam cement

कोशी प्रदेश सभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाका एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन्।

‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Apr 10, 2024| 16:19 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्