सोमबार, मंसिर १, २०८२

‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ रिलिज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – शुक्रबारबाट देशभरका हलमा तीन फिल्म रिलिज भएका हुँदैछन्। आजबाट ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ रिलिज हुने भएका हुन्। 

दुई युवा ‘सुश्री सम्पत्ति’को पछाडि लागेको र उनीहरुले ‘सुश्री सम्पत्ति’लाई गरेको संघर्ष फिल्ममा देखाइएको छ। फिल्मको पत्रकार सुब्रतराज आचार्यले निर्देशन गरेका छन्। फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि र राजाराम पौडेललगायतको मुख्य अभिनय छ। फिल्ममा प्रियंका कार्कीको पनि विशेष भूमिका छ। 

यस्तै सामाजिक विषयबस्तुलाई आधार बनाएर तयार पारिएको फिल्म ‘डोली’मा राजबहादुर सानेको निर्देशन रहेको छ। फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतको अभिनय छ। 

फिल्म ‘कथा ७२’ मा २०७२ सालको महाभूकम्पले पारेको असरमाथि कथा बस्तु तयार पारिएको छ। फिल्म ‘कथा ७२’ मा प्रवीण स्याङ्बोको लेखन र निर्देशन छ। फिल्ममा सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमसलगायत कलाकारको अभिनय देख्न सकिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्