आइतबार, पुस १३, २०८२

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

काठमाडौं- राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

National life

बैठकमा उपस्थित ५५ जना सदस्यमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो भने पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो।

यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएअनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका छन्। राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी थिइन्।

प्रकाशित: Apr 10, 2024| 15:04 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्