आइतबार, वैशाख २३, २०८१

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन सुरू

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु भएको छ। आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले) का विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराएका छन्। 

बैठकमा ती प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि निर्वाचन हुने कार्यक्रम छ। सभाका उपाध्यक्ष उर्मीला अर्यालले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो।

प्रकाशित: Apr 10, 2024| 14:32 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्