आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्री भएपछि लामिछानेमाथि अनुसन्धान रोकियो: कांग्रेस, एमाले भन्छ- गठबन्धनमा भ्वाङ पार्ने योजना

गृहमन्त्री भएपछि लामिछानेमाथि अनुसन्धान रोकियो: कांग्रेस, एमाले भन्छ- गठबन्धनमा भ्वाङ पार्ने योजना

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आंशका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि प्रश्न गरेको छ।

National life

बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै सांसद रामहरि खतिवडाले यस्तो बताएका हुन् । उनले भने ‘काठमाडौंबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो।’

जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको भनाइ छ । आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनले बताए ।

उता सत्तारूढ दल नेकपा एमालेका सांसद सूर्य थापाले तथ्य र प्रमाणको आधारमा सदनमा प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै उनले सुन काण्डमा एमालेले तथ्यसहित छानबिन समिति गठनको माग गरेको र यसले परिणाम पनि दिएको भन्दै उनले कांग्रेसले पनि प्रमाणसहित विषय उठान गर्नुपर्ने बताए।

Laxmi sunrise bank
kumari

“देशको लागी एजेन्डा तथ्यका आधारमा उठाउँदा परिणामपदिन्छ भन्ने कुरा हिजो सुन काण्डमा एमालेले प्रमाणित गरेको छ,” उनले भने। सहकारी विषय टोलटोलदेखि राष्ट्रियस्तरसम्म बहसको विषय भएको उनको भनाइ थियो।  सांसद थापाले बहस व्यक्ति केन्द्रित गर्न कांग्रेस लागिपरेको बताए। उनले कास्की जिल्ला अदालतमा विचाराधीन विषय सदनमा कसरी बहसको विषय बन्न सक्छ भन्दै प्रश्न गरे।

“सूर्यदर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधीन विषय हो। अदालतमा विचाराधीन विषय यहाँ बहसको विषय हुन्न भन्ने थाहा छ थाहा पाएर पनि उठाएका छौं। सहकारी विषयमा छलफल गरेर निष्कर्षमा पुर्‍याउन हैन गठबन्धनमा भ्वाङ्ग पार्न सकिन्छ कि भनेर उठाइएको छ,” उनले भने।

उनले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने सत्ता पक्षमा बस्दा निदाउने कुरा नभएको पनि जिकिर गरे। सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ।  तर, सत्तारुढ दलहरुले भने समिति बन्न नसक्ने बताइरहेका छन्।

प्रकाशित: Apr 10, 2024| 12:45 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्