आइतबार, पुस १३, २०८२

पार्टीलाई एकढिक्का बनाएर लैजान्छु: देउवा

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन्।

National life

नेपाली कांग्रेस क्षेत्र नं. ३ रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा आयोजित कार्यकर्ता भेटघाटमा देउवाले विगतमा पार्टीभित्र आन्तरिक समस्या देखिए पनि अब पार्टी एकढिक्का बनाएर लैजाने बताए। उनले भने ‘विगतमा आन्तरिक समस्या थियो तर अब पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउँछु ।

भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्नु दुःखद रहेको भन्दै उनले यसका लागि आफूले पहल गर्ने बताए। विमानस्थल बनेको लामो समयसम्म सञ्चालनमा आउन नसक्नु बिडम्बना भन्दै देउवाले सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउने बताए।

‘के कति कारणले विमानस्थल सञ्चालनमा आउन सकेन त्यो बुझेर मैले पहलकदमी अघि बढाउँछु। भैरहवा विमानस्थल सञ्चालनमा आएमा लाखौं पर्यटक नेपाल भित्रिने र मुलुकले ठूलो आर्थिक लाभ लिन सक्ने छ,’ देउवाले भने।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 10, 2024| 12:38 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्