आइतबार, पुस १३, २०८२

आईपीएलमा आज राजस्थान र गुजरात भिड्ने

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज बुधबार गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ। जयपुरस्थित सवाईमान सिंह स्टेडियममा आजको खेल साँझ ७:४५ मा सुरु हुनेछ।

National life

शुभमन गिलको कप्तानीमा रहेको साविक उपविजेता गुजरात आजको खेलमा निकै दबाबमा हुनेछ। जारी सिजनमा गुजरातले राम्रो प्रदर्शन गर्न सकेको छैन भने सञ्जु सैमसनको कप्तानीमा रहेको राजस्थानले सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

हालसम्म ५ खेल खेलेको गुजरातले जम्मा २ खेलमा जित हात पारेको छ भने ३ खेलमा पराजित भएको छ। ४ खेल खेलेको राजस्थान भने सबैमा जित हात पार्दै शीर्ष स्थानमा रहेको छ।

सन् २०२२ मा पहिलो पटक आईपीएलमा सहभागी भएको गुजरातले एक पटक उपाधि उचालिसकेको छ भने एकपटक उपविजेता बनेको छ। तर, राजस्थानले जारी सिजन बाहेक अन्यमा राम्रो खेल्न सकेको छैन। सुरुदेखि नै आईपीएलमा रहेको राजस्थानले एकपटक बाहेक उपाधि उचाल्न सकेको छैन।

दुj} टोलीबीच हालसम्म ५ खेल भएका छन्। जसमा गुजरातले ४ र राजस्थानले जम्मा १ खेलमा जित हात पारेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 10, 2024| 12:32 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्