आइतबार, पुस १३, २०८२

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

कर्णाली- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।

National life

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको समर्थनसहितको हस्ताक्षर पत्र कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पेश गरेसँगै प्रदेश प्रमुख परियारले नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । माओवादी केन्द्रका उपसभामुखसहित १३, एमालेका सभामुखसहित १० र एकीकृत समाजवादीका एक  प्रदेशसभा सदस्यको नेता कँडेललाई समर्थन रहेको छ । 

यस्तै कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक एक प्रदेशसभा सदस्य रहेका छन् । 
 

प्रकाशित: Apr 09, 2024| 19:02 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्