आइतबार, पुस १३, २०८२

उपनिर्वाचन हुने क्षेत्रमा दुई दिन स्कुल बिदा

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

काठमाडौं- उपनिर्वाचन हुने प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभा अन्तर्गत बझाङ–१ ‘क’मा मतदानस्थल र केन्द्र रहेका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ।

National life

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा दुई दिनका निम्ति विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई पत्र पठाउने निर्णय गरिएको उल्लेख छ। आयोगले निर्वाचन व्यवस्थापनका लागि आउँदो वैशाख १३ र १४ गते बिदा दिनुपर्ने माग गरेको हो।

‘उपनिर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०८१/१/१३ देखि मिति २०८१/१/१५ सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले मिति २०८१/१/१३ देखि मिति २०८१/१/१४ सम्म दुई दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारमा लेखी पठाउने,’ विज्ञप्तिमा भनिएको छ।

यही वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ।

प्रकाशित: Apr 09, 2024| 16:13 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्