आइतबार, पुस १३, २०८२

प्रतिनिधिसभामा कांग्रेसको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्। मंगलबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठक मा  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि सभामुख घिमिरेले १५ मिनेटपश्चात आजै बैठक बस्नेगरी स्थगित गरेका हुन्। 

बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए। कांग्रेसले विरोध गरेपछि सभामुखले कांग्रेस सचेतक एवम् सांसद सुशिला थिङलाई समय दिएका थिए। उनले सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग गरिन्। 

त्यसपश्चात सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए। तर कांग्रेस सांसदले उठेर निरन्तर विरोध गरेपछि बैठक स्थगित भएको हो।  

प्रकाशित: Apr 09, 2024| 13:35 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्