आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग कायमै

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग कायमै

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ। कांग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
 
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सहकारीको रकम अपचनमा गृहमन्त्री नै संलग्न भएकाले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि संसदीय समिति गठनको माग गरेको हो। यसअघि पार्टी उक्त माग गर्दै आएको र आज संसदीय दलको बैठकले माग उचित छ भन्ने ठहर गर्दै तत्काल मागबमोजिम समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो।

आफ्नो मागप्रति सरकार गैरजिम्मेवार हुन्छ र समिति नबनेसम्म संसद्मा हुने अवरोधको जिम्मा स्वयं सरकारले नै लिनुपर्ने कांग्रेसको भनाइ छ। प्रमुख प्रतिपक्षी दलका हैसियतले रचनात्मक रुपमा तर सरकारका कमिकजोरीलाई सशक्त रुपमा उठाउने विषयमा बैठक एकमत रहेको प्रमुख सचेतक लेखकले बताए।

प्रकाशित: Apr 09, 2024| 12:44 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्