सोमबार, असार ८, २०८३

विश्वकपका लागि यस्तो छ नेपालको नयाँ जर्सी

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं- आगामी टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ।

National life

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमबीच खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नयाँ जर्सी सार्वजनिक गरेका हुन्।

जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ। जर्सीमा रंग रातो, हल्का मधुरो र सेतो प्रयोग गरिएको छ। बीचमा अंग्रेजी अक्षरमा नेपाल लेखिएको छ। जर्सीको बीचको भागको रंग निलो छ।

बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ। कलरमा रातो रंग छ। दुवै भागतर्फ बाउलामा राष्ट्रिय झण्डा छ। पछाडिको अधिकांश भाग निलो रंगमा छ। जर्सी नम्बरमाथि खेलाडीको नाम छ। तल्लो भागमा सगरमाथा नै छ।

आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ, जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् पनि छन्।

Shivam cement

प्रकाशित: Apr 08, 2024| 19:26 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्