आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोशीमा संसद् बैठक बोलाउन सिफारिस, एमालेका कार्कीले गरे मुख्यमन्त्रीमा दाबी पेश

कोशीमा संसद् बैठक बोलाउन सिफारिस, एमालेका कार्कीले गरे मुख्यमन्त्रीमा दाबी पेश

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका छन् भने मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका नेकपा एमालेका ३९ सांसदले समर्थन फिर्ता लिएर हिक्मत कार्कीलाई मुख्यमन्त्रीको वैकल्पिक दाबी पेश गरेका छन्।

National life

कार्कीले आगामी जेठ ११ गते बस्ने गरी प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेका हुन्। नेकपा एमाले र माओवादी केन्द्रले विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुखसमक्ष समावेदन पत्र दर्ता गराएलगत्तै कार्कीले डेढ महिनापछि बस्ने गरी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस गरेका हुन्।

मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुखलाई लेखिएको सिफारिस पत्रमा गत चैत २६ गतेको मन्त्रिपरिषद्को निर्णयले अधिवेशन बोलाउन सिफारिस गरिएको जनाइएको छ। 

सोमबार नै एमाले र माओवादीका ५२ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित खापुङसमक्ष विशेष अधिवेशन माग गरेका थिए। उनीहरूले एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई मुख्यमन्त्रीको रुपमा पनि दाबी गरेका छन्।

hikmat_bahadur_karki_LgmVczv0nX1678960719.jpg
मुख्यमन्त्रीमा दाबी पेश गरेका एमालेका हिक्मत कार्की

प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम कोसी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई संकल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम उनीहरूले अधिवेशन माग गरेका थिए।

Laxmi sunrise bank
kumari

गत असोज २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत कुल ४७ जना सदस्यको समर्थनमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको दाबी एमालेको छ।

प्रकाशित: Apr 08, 2024| 18:31 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्