आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसदीय छानबिनको अडानमा कांग्रेस कायमै, सभामुखले डाकेको बैठक निष्कर्षहीन

संसदीय छानबिनको अडानमा कांग्रेस कायमै, सभामुखले डाकेको बैठक निष्कर्षहीन

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं- संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडान कायमै राखेको छ।

National life

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले अहिलेसम्म संसद् अवरोध नगरेर सदासहायतापूर्वक माग राखेको भए पनि सरकार गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भइरहेको आरोप लगाए। गृहमन्त्रीमाथिको छानबिनको मागबाट आफूहरू पछि नहट्ने उनले बताए। अबका संसदीय कारबाही अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने लेखकले चेतावनीसमेत दिए।

उनले भने, ‘हाम्रो कुरा यथावत् राख्यौं। लाखौं नेपाली नागरिकको पैसा सहकारीमा बचत गरिएको छ। देशका सहकारीमा रकम अपचलन, ठगी भएको छ। यसमा बहालवाला मन्त्री मुछिनुभएको छ। अहिलेसम्म सदासहायतापूर्वक प्रस्तुत भएर आफ्नो माग राखेका छौं। संसद् अवरोध गरेका छैनौं। तर, सरकार गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भइरहेको छ। नागरिकको बिचल्लीप्रति सरकार संवेदनशील भएको छैन। संसदीय समितिको न्यूनतम माग गर्दा सुनुवाइ भएको छैन। अब संसद् बैठक र काम कारबाही अवरुद्ध भयो भने त्यसको जिम्मा सरकारले लिनुपर्छ।’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसको माग राजनीतिक पूर्वाग्रहले प्रेरित भएको आरोप लगाए। उनले बैठक सहज बनाउन आफूहरूले कांग्रेसलाई आग्रह गरेको बताए। ‘महत्वपूर्ण विधेयकमा छलफल भइरहेको बेला राजनीतिक पूर्वाग्रहमा तथ्य र प्रमाणविहीन माग उठाइएको छ। यस्ता हल्का विषयमा संसदीय समिति बनाउँदै जाने भए हामीले ठीक नजिर बसाउन सक्दैनौं। मागमा पुनर्विचार गर्नुस् भन्यौं। हाउसमा तथ्य र प्रमाणले सहयोग नगर्ने विषयमा समिति बनाउन सकिँदैन। भोलिको संसद्को नियमित प्रक्रिया अघि बढ्छ,’ बर्तौलाले भने।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसको माग सही मान्न नसकिने बताए। संसद् बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2024| 15:55 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्