बुधबार, भदौ १०, २०८३

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार विराटनगरमा बसेको माओवादी संसदीय दल बैठकले नेपाली कांग्रेसका सांसद केदार कार्की नेतृत्वमा रहेको कोशी सरकारबाट बाहिरिने निर्णय गरेको हो।

यस्तै आज नै विशेष अधिवेशन पनि आव्हान गर्ने बताइएको छ। सरकारबाट माओवादी बाहिरिएसँगै एमालेले पनि समर्थन फिर्ता लिएर आज नै वैकल्पिक सरकारको दाबी प्रदेश प्रमुख समक्ष गर्ने बताइएको छ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको तयारीमा दलहरू यसअगाडि नै लागिसकेका थिए।

प्रकाशित: Apr 08, 2024| 15:32 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्