बुधबार, भदौ १०, २०८३

सहकारी छानबिनका लागि संसदीय समितिको माग कांग्रेसले अझै चर्काउने

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको मागलाई अझ सशक्त ढंगबाट उठाउने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले थप दबाबमूलक ढंगले विषय उठान गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। आफूहरूका मागमा सरकार जिम्मेवार नबनेको कांग्रेसको ठहर छ।

मंगलबार (भोलि) बिहान ८ बजे पार्टी संसदीय दलको बैठक बस्ने निर्णयसमेत गरिएको लेखकले जानकारी दिए। मंगलबारै बिहान ७:३० बजे संसदीय बोर्ड कार्यसमितिको बैठक बस्ने तय भएको छ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ। यही विषयलाई लिएर संसद् राम्रोसँग चल्न सकेको छैन।

 

प्रकाशित: Apr 08, 2024| 12:13 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्