सोमबार, वैशाख २४, २०८१

संसद् अवरोध खुलाउन सभामुखको सक्रियता

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्। संसद् अवरोध खुलाउने विषयमा आज दिउँसो २ बजे सिंहदरबारमा शीर्ष नेताहरूसँग छलफल हुन लागेको हो।

triton college

बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गर्दै आइरहेको छ। सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको नाम जोडिएकोमा छानबिन गर्नुपर्नेमा उल्टै प्रधानमन्त्रीले ढाकछोप गरेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरिए संसद् बैठक अवरूद्ध गर्ने चेतावनी दिएको छ।

संसद्को अवरोध खुलाउने विषयमा यसअघि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। छलफलमा कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने शर्तमा संसद् बैठक चल्न दिने बताएको थियो। भोलि मंगलबार बस्ने संसद् बैठकमा के गर्ने भन्ने विषयमा कांग्रेसले सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा छलफल गरिरहेको छ।

प्रकाशित: Apr 08, 2024| 10:13 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्