बुधबार, भदौ १०, २०८३

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन्। संसद्‍मा पार्टीको भूमिकाबारे छलफल गर्न सभापति देउवाको निवासमा सोमबार बिहान बैठक बस्न लागेको हो।

बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाइएको देउवाको सचिवालयले जनाएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेको भन्दै कांग्रेसले त्यसबारे छलफल गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर संसद्‍मा अवरोध सिर्जना गर्दै आएको छ।

कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्‍मा बोल्न पाएका छैनन्। 

प्रकाशित: Apr 08, 2024| 07:41 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्