शुक्रबार, वैशाख २१, २०८१

आईपीएलमा मुम्बईको विजयी सुरुवात

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको छ। २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।

triton college

दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे। पृथ्वी शाले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६, डेविड वार्नर १० र अभिषेक पोरेलले ४१ रन बनाए 

मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए। त्यसअघि वानखडे स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो।
टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४५ रनमा नट आउट रहे । रोमारियो शेफर्ड १० बलमा ३ चौका र ४ छक्कासहित ३९ रनमा नट आउट रहे।

रोहित शर्मा ४९, ईशान किशन ४२ र हार्दिक पान्ड्या ३९ रनमा आउट भए। दिल्लीका अक्षर पटेल र एनरिच नोर्कियाले २–२ विकेट लिए। खलिल अहमदले १ विकेट लिए।

प्रकाशित: Apr 07, 2024| 19:54 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्