मंगलबार, कात्तिक १८, २०८२

मैत्रीपूर्ण क्रिकेटको उपाधि नेपालले जित्यो

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०
Kumaribank
Metro Mart

काठमाडौं- भारतमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। भारतको गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि जितेको हो।  
     
गुजरातको वापीस्थित साई मेघपन स्पोट्सलाइफ मैदानमा भएको फाइनल खेलमा नेपालले टस जितेर  पहिला ब्याटिङ रोजेको थियो। नेपालले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनायो। नेपालले दिएको एक सय ७७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५८ रन मात्र बनाउन सक्यो। 

नेपालका ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए। यसक्रममा उनले ४७ बल खेल्दै चार छक्का र पाँच चौका हाने। यस्तै आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ तथा कुशल भुर्तेलले १९ रन बनाए।
    
बलिङतर्फ गुजरातका जयमित पटेल, स्नेह पटेल, तेजास पटेल र जाला युवराजसिंहले एक एक विकेट लिए। गुजरातका लागि ब्याटिङ गर्ने क्रममा कप्तान उमङ्ग रोहितकुमारले २८ बलमा सर्वाधिक ४० रन बनाए। यस्तै आर्य देसाईले ३६, रुद्र पटेलले १७, हर्ष देसाईले १५ तथा जयमित पटेलले १५ रन जोडे।

बलिङतर्फ नेपालका अविनाश बोहोराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले  एक एक विकेट लिए।      
 

प्रकाशित: Apr 07, 2024| 18:23 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्