आइतबार, पुस १३, २०८२

नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

National life
Laxmi sunrise bank
kumari

गण्डकी- गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको सपथ लिएका छन्। 

आज प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाएका हुन्। बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य छन् भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य छन्।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता पाण्डेलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित: Apr 07, 2024| 16:51 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्