बुधबार, भदौ १०, २०८३

पाँचवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् एजेन्डा

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

काठमाडौं- संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) अन्तर्गतका विभिन्न पाँच संसदीय विषयगत समितिको बैठक आज बस्दैछ।

प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। यस्तै महिला तथा सामाजिक महिला समिति र राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ।

दिउँसो साढे १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुने कार्यसूची छ।

कानून, न्याय तथा मानवअधिकार समितिले आजै विभिन्न ६ वटा मन्त्रालयका अधिकारीलाई बोलाएर समितिमा छलफल गर्दैछ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा समितिले छलफल गर्ने कार्यसूची तय गरेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्दै छ । यस्तै, महिला तथा सामाजिक महिला समितिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको वर्तमान अवस्था र अनुगमनबारे छलफल गर्ने तयारी छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका उप–समिति गठन गर्ने सम्बन्धमा छलफल हुने भएको छ । पाँचैवटा समिति बैठक सिंहदबारभित्र समितिका सभाकक्षमा बस्नेछन्।

 

प्रकाशित: Apr 07, 2024| 10:33 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्