सोमबार, मंसिर १, २०८२

‘अ थाउजन्ड गर्ल्स लाइक मी’ ले जित्यो प्रथम पुरस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- 'काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १६ औँ संस्करणमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ साहरा मनीको ‘अ थाउजन्ड गर्ल्स लाइक मी' नामक फिल्मले प्रथम पुरस्कार प्राप्त गरेको छ। 

पुरस्कारको राशी एक हजार पाँच सय अमेरिकी डलर रहेको छ। त्यसैगरी अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ दोस्रो भएको छ। उक्त पुरस्कारको राशी जनही एक हजार अमेरिकी डलर छ। 
  
त्यस्तै मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको 'इस्टर्न मेमोरिज' ले तेस्रो स्थान प्राप्त गरेको छ। उक्त पुरस्कारको राशि ५०० अमेरिकी डलर रहेको छ। जसको प्रायोजन नेपाल पर्वतारोहण संघ, दीपलक्ष्मी फाउण्डेशन र थामसेर्कु ट्रेकिङले गरेको थियो। 

त्यसैगरी नेपाल पानोरामाअन्तर्गत आख्यानमा अविनासविक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागार्इं र कमल कुमारको ‘मरिसकेको मान्छे’ उत्कृष्ट भएको छ। तटिनीले एक लाख र मरिसकेको मान्छेले ७५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। 

किम्फमा प्रदर्शित वर्षको उत्कृष्ट पर्वतीय फिल्म मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ हुन सफल भएको किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिए। त्यस्तै किम्फमा उत्कृष्ट साहसिक फिल्म प्रसुना डङ्गोलको ‘डोल्पा डायरी’ले जितेको छ। जसलार्ई आपा शेर्पा फाउण्डेशनले एक हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरेको छ। 

किम्फमा यस पटक नेपाललगायत ३१ वटा देशहरुको ७० भन्दा बढी फिल्महरु देखाइएको थियो। यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्