आइतबार, चैत २९, २०८२

इलाम-२ मा ६ जनाको उम्मेदवारी दर्ता

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

इलाम- आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। नेकपा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङसहित हालसम्म छ जनाले मनानयन दर्ता गराएका हुन्।

National life

बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुगेका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहेका छन्। सुहाङले मनोनयन दर्तामा जानुअघि भानुरत्न चोक इलाममा रहेको सहिद रत्नकुमार वान्तवा, सहिद बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराएका थिए। 

यस्तै, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेका छन्। डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन्। पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन्। एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन्।

रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेको बताइएको छ। नेपाली कांग्रेसले मनोनयन दर्ता गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो।

kumari

प्रकाशित: Apr 06, 2024| 15:29 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्